• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

लुसिफरहरू म सँग चुनाव लड्नै भन्दै हामीले नचिन्ने नोट लिएर झापा पुगेका छन् :ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग चुनाव लड्न झापा आउँछु भनेर धाक नलगाउन चुनौती दिएका छन्।

४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै बालेनलाई लुसिफरको संज्ञा दिँदै आफूसँग चुनाव लड्न भन्दै तामझाम गरिरहेको टिप्पणी गरे।

उनले भने, ‘कोही कोही केपी ओलीसँग लड्न जान्छु चुनाव भनेर तामझाम गरेर, हामीले नचिन्ने खालका नोट लिएर पुगेका छन् निर्वाचन क्षेत्रमा, यी त हामी झेलिराखेकै छौँ ।’

आफू प्रतिक्रियावादी शक्तिहरूका दया, माया, कृपाले यहाँ सम्म नआएको बताए।

उनले थपे, ‘सङ्घर्ष गरेर यहाँ सम्म आएका हौँ, सङ्घर्ष गरेर यहाँ टिकेका हौँ । सङ्घर्ष गरेर यहाँ टिक्छौँ, सङ्घर्ष गरेर जित्छौँ, सफल हुन्छौँ, देशलाई सफल बनाउँछौँ । नेपाल हार्दैन, नेपाललाई हार्न दिइँदैन, किनभने यहाँ नेकपा एमाले छ । नेपाल हार्दैन, नेपाललाई हार्न दिइँदैन ।’

उनले ठग र लुसिफरहरूले युवालाई देशविरुद्ध उकासिरहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖