• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

निर्वाचन आयोग परिसरमा गगन नेतृत्व समूहको धर्ना


  • धनकुटा खबर
  • .

काठमाडौ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ । शुक्रबार दिउसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका नेताहरुले आयोगको अगाडी धर्ना दिएका हुन् ।

आयोग अगाडी नेताहरु पलेँटी कसेर धर्नामा बसेका छन् । शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरु आधिकारिक भएको दाबी आयोगमा निवेदन दिएका थिए । आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो ।

हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो । थापा समूहले बिहीबार केन्द्रीय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖