• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

काँग्रेस विवादबारे केहीबेरमा निर्णय दिँदै निर्वाचन आयोग


  • धनकुटा खबर
  • .

काठमाडौँ । काँग्रेस विवादबारे निर्वाचन आयोग छलफलमा जुटेको छ । आयोगले केहीबेरमा निर्णय दिने गरी छलफल भइरहेको जनाएको छ।

काँग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको र शेरबहादुर देउवा पक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएको छ ।

उक्त विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा छन् ।

कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित आयोगका आयुक्तहरू छलफलमा छन् ।

निर्वाचन आयोगको निर्णयको पर्खाइमा काँग्रेसका दुवै पक्षका नेता, कार्यकर्ता आयोगको कार्यालय अगाडि सडक अवरुद्ध गरेर बसेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖