काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी शनिबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन्।
सूचनामापार्टीका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
आजैमात्र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको छ। त्यसलगत्तै बैठक डाकिएको हो। यो समूहले आयोगको निर्णय मान्य नहुने बताउँदै आएको छ।
