• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गगन थापाले गरे देउवालाई ‘पूर्व सभापति’को सम्बोधन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवालाई ‘पूर्व सभापति’को रूपमा सम्बोधन गरेका छन् ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि थापाले एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै जारी गरेको अपिलमा थापाले देउवालाई पूर्व सभापति भन्दै पार्टीको लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गरी साथ रहने विश्वास व्यक्त गरेका छन् ।

थापाले अपिलमार्फत पार्टीभित्र गुट अन्त्य भएको दाबी गर्दै अब कांग्रेस विधि, विधान र पद्धतिका आधारमा अघि बढ्ने स्पष्ट पारेका छन् । साथै, सबै नेता–कार्यकर्तालाई संयमित, जिम्मेवार र एकताबद्ध हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖