काठमाडौं, ३ माघ । नेपाली कांग्रेसले आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ ।
सभापति गगनकुमार थापाको सभापतित्वमा आज बसेको केन्द्रीय समितिको बैठकले कुनै अप्राकृतिक गठबन्धन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए ।
साथै, केन्द्रीय समिति बैठकले कांग्रेस एकताबद्ध भएर चुनावमा होमिने निर्णय गरेको समेत प्रवक्ता चालिसेले बताए । प्रवक्ता चालिसेले जेन–जीको आकांक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा साकार पार्न कांग्रेस केन्द्रीत हुने पनि बताए ।
साथै, आज बसेको केन्द्रीय समिति बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा आभार व्यक्त गरेको छ । शेरबहादुर देउवाज्यूले लामो समयसम्म पार्टीको नेतृत्व लिनुभयो । उहाँप्रति हार्दिक आभार गर्ने निर्णय बैठक गरेको छ,’– बैठकको निर्णय सुनाउँदै प्रवक्ता चालिसेले भने ।
निवर्तमान सभापति देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने बैठकले विश्वास लिएका पनि प्रवक्ता चालिसेले बताए ।
