काठमाडौ। निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा र आरजु राणासँगै अन्या शिर्ष नेताहरुलाई चुनाव लड्न टिकट नदिने घोषणा गरेका छन् ।
देउवा, डा.शेखर कोइराला र डा.आरजु राणा लगायत पुराना र वरिष्ठ नेताहरुले अब चुनावी राजनीतिबाट विश्राम लिनुपर्ने भन्दै सांसदको चुनाव लड्न टिकट नै नदिने गगनले संकेत गरेका छन् ।
एक अन्तर्वार्तामा उनले पुराना र एउटै अनुहार दोहोरिँदा नागरिकमा निराशा बढ्ने र पार्टीमा सम्मानजनक पुस्तान्तरणको आवश्यक रहेको बताएका छन् ।
सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका देउवा फेरि डडेल्धुराबाट चुनाव लडेर प्रधानमन्त्री बन्ने दौडमा निस्किएसँगै विशेष महाधिवेशन गर्दै गगन सभापतिमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समुहलाई कांग्रेसको आधिकारिकता दिने निर्णय गरिसकेको छ ।
बैठकबाटै कांग्रेसले उम्मेदवार छनोट गर्न पार्टी विधान अनुसार संसदीय बोर्ड गठन गर्ने निर्णय गरिसकेको छ । गगनको उक्त भनाईले गर्दा देउवा, शेखर र आरजु लगायतको संसदीय राजीतिनै समाप्त हुने उच्च सम्भावना रहेको छ ।
