काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कसैसँग पनि गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।
अन्य दलहरूसँग चुनावी तालमेलको सम्भावना नदेखिएपछि एमालेले देशैभरका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्ने गरी अन्तिम गृहकार्य थालेको हो।
