• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ओलीलाई योगेश भट्टराईको आग्रह : १० वटा क्षेत्रमा अन्याय भयो, निर्णय सच्याउनुस्


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेमा उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई १० वटा क्षेत्रको उम्मेदवार चयनमा अन्याय भएको भन्दै निर्णय सच्याउन आग्रह गरेका छन् । सोमबार भिडियो सन्देश जारी गर्दै उनले सो आग्रह गरेका हुन् ।

आफ्नो लागि केही नमागेको भन्दै भट्टराईले अरू १० वटा जति क्षेत्रमा तोकिएको उम्मेदवारका कारण पार्टी कमजोर हुने अवस्था रहेकोले अन्तिम समयसम्म यसलाई सच्याउन भनेका हुन् । यद्यपि, ती कुन कुन क्षेत्र हुन् भनेर उनले खुलाएनन् ।

भट्टराईले ताप्लेजुङमा चुनाव लड्ने आफ्नो इच्छा भए पनि टिकटबारे अध्यक्षले सार्वजनिक निर्णय गरेपछि अब त्यसलाई स्वीकार गरेर जाने र आफूले कुनै दाबी नगर्ने बताए ।

उनले सचिवालय बैठकमा आफूले फरक मत राखेको भन्दै फागुन २१ गतेपछि यसको समीक्षा हुने समेत बताए । उनले उम्मेदवारी दर्ताका क्रममा आफू ताप्लेजुङ जाने भन्दै अरूलाई समेत एमालेलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖