• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

दीपशिखाले गराए भक्तपुर–२ मा उम्मेदवारी दर्ता, महेश बस्नेतसँग भिड्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । सो क्रममा सापकोटाले नयाँ र पुराना भन्दा पनि बिचार महत्त्वपूर्ण हुने भएकाले आफू समृद्धिसहितको बिचारका साथ चुनावमा होमिएको बताए । आफूले भक्तपुरको जनताका लागि लामो समय राजनीति गरेको भन्दै जनताले विश्वास गर्ने उनको भनाइ छ । उनले जनतालाई आवश्यक परेका बेला सधैँ जनताको साथमा उभिने उल्लेख गरे ।

सापकोटा पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् । सोही क्षेत्रबाट एमाले सचिव महेश बस्नेतको पनि उम्मेदवारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖