• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष नै रास्वपा प्रवेश


  • धनकुटा खबर
  • .

झापा । राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडाले आफ्नो पद तथा पार्टी सदस्यता परित्याग गरेका छन्। राष्ट्रिय युवा युवा सङका उपाध्यक्ष बिजय तामाङले पनि रास्वपा प्रवेश गरेका छ्न ।

उनले माघ ७ गतेदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा सङ्घसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने निर्णय गरेका हुन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गरेका छन्। उनले झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

खतिवडाले आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने नेकपा (एमाले), राष्ट्रिय युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, अग्रगामी परिवर्तन, सामाजिक न्याय र राष्ट्रको हितका पक्षमा सदैव लागिरहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

उनको यो निर्णयलाई झापाको स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। आगामी निर्वाचनमा झापा–५ मा नयाँ राजनीतिक समीकरण र बहसलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

खतिवडाले आफ्नो परिवर्तनको पक्षमा मतदातालाई आह्वान गरेका छन्।
बालेनसँगको तस्बिर राख्दै उनले लेखेका छन्–

आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु।

यो मेरो राजनीतिक जीवनमा सहयोग गर्नुहुने पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सदैव लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖