काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बराबरी खेलेको छ । शुक्रबार बिहान ब्राजिलले घरेलु मैदानमा ब्राजिलले भेनेजोएलासँग १–१ गोलको बराबरी खेलेको हो ।
अग्रता ब्राजिलले गेब्रियल मेगल्हेसको गोलमा खेलको ५० औं मिनेटमा लिएको थियो । नेयमारको पासलाई सदुपयोग गर्दै गेब्रियलले ब्राजिलका लागि पहिलो गोल गरेका थिए ।
खेल सकिन ५ मिनेट अघि इडवर्ड बेलोले गोल गर्दै पाहुना टोलीका लागि अंक खोस्न सफल भए ।
बराबरीको नतिजापछि ब्राजिलले ३ खेलबाट ७ अंक जोडेको छ । र दक्षिण अमेरिकी छनोटका दोस्रो स्थानमा छ । भेनेजोएला ४ अंक सहित छैटौं स्थानमा छ ।
शीर्ष स्थानको अर्जेन्टिनाले भने पाराग्वेलाई शुक्रबारनै १–० गोल अन्तरले पराजित गर्यो । खेलको तेस्रो मिनेटमा निकोलस ओटोमेन्डीको गोल अर्जेन्टिनालाई तीन अंक दिलाउन पर्याप्त रह्यो ।
घरेलु मैदानमा भएको विश्वकप छनोटको तेस्रो खेलमा जित निकाल्दै अर्जेन्टिना ९ अंक सहित छनोटको शीर्ष स्थानमा छ । पाराग्वे १ अंक सहित तालिकाको आठौं स्थानमा छ ।
