• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

आफ्ना उम्मेदवारलाई लखेट्न पत्रकार सम्मेलन गरेर रास्वपा नेताकै उर्दी


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महेन्द्र पाण्डेले पार्टीले नेता कबिन्द्र बुर्लाकोटीलाई भोट दिने होइन गाउँगाउँबाट लखेट्न अपील गरेका छन्। गोरखा निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका बुर्लाकोटीले टिकट वितरणलाई कमाउँ धन्दा बनाएको बताउँदै पाण्डेले कारवाहीको गर्न आग्रह समेत गरे।

शुक्रबार पत्रकार सम्मेलन गर्दै पाण्डेले रास्वपा छोडेको घोषणा गर्दै भने, ‘रास्वपामा इमान्दार र निष्ठावान कार्यकर्ताको भविश्य छैन, कबिन्द्र बुर्लाकोटी, शंकर श्रेष्ठजस्ता व्यक्तिले निलो क्रान्तिलाई कमाउँ धन्दा चलाएका छन्, अब यो पार्टीमा हामीजस्ता निष्ठावानहरुको भविष्य छैन।’

टिकट वितरणलाई पैसा असुल्ने माध्यम बनाएको बताउँदै पाण्डेले मोटो रकम दिन सक्नेलाई मात्रै टिकट वितरण गरेको भन्दै रास्वपा हुँदा खानेको नभएर हुनेखानेको पार्टी भएको बताए।

‘कबिन्द्र बुर्लाकोटीजस्ता पापीलाई गाउँगाउँबाट लखेट्नुहोला र इमान्दार उम्मेदवारलाई भोट हाल्नुहोला,’ पाण्डले भने। बुर्लाकोटीका कारण पूर्वदेखि पश्चिमसम्मका इमान्दार कार्यकर्ताको मन छियाँछियाँ भएको समेत उनले बताए। इमान्दार नेता कार्यकर्ताको भविष्य नभएको बताउँदै पाण्डेले भने, ‘रास्वपामा इमान्दार नेता कार्यकर्ताको भविष्य छैन, अब स्वतन्त्र अभियान चलाउँछौं।’ उनले बुर्लाकोटी, शंकर श्रेष्ठजस्ता व्यक्तिका कारण रास्वपाको राम्रो नभएको समेत दाबी गरे।

पण्डेले आफूहरुले केही दिनभित्रै भेला गरेर चुनावमा कसलाई सहयोग भन्ने निर्णय गर्ने बताए। उनले हर्क साम्पाङ, कुलमान घिसिङ वा अन्य परिवर्तनकारी शक्तिलाई सहयोग गर्ने भन्ने केही दिनमा निर्णय गर्ने बताए। पार्टी सभापति लामिछानेलाई स्वार्थी र गलत नियत भएका व्यक्तिहरुले घेराबन्दी गरिसकेको बताउँदै पाण्डेले त्यस्ता व्यक्तिहरुलाई कारवाही नगरेसम्म रास्वपामा फर्किन नसक्ने स्पष्ट पारे।

उनले कर्णालीमात्र नभएर देशभरका इमान्दार कार्यकर्ता रास्वपा छोड्ने तयारीमा रहेको समेत बताए। हुम्ला स्थायी घर भएका पाण्डे कर्णालीमा रास्वपामा स्थापनाकालदेखि नै सक्रिय छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖