• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंमा गतिलो प्रतिस्पर्धी नै पाइनँ, अनि मधेश झरेँः गगन थापा


  • धनकुटा खबर
  • .

काठमाडौं, १० माघ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेशमा आँट गरेर प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

आज (शनिबार) सर्लाही ४ मा पार्टीका कार्यकर्ताहरुसँगको छलफलमा उनले काठमाडौं क्षेत्र नम्बर ४ मा चुनाव जित्न सजिलो अवस्था हुँदाहुँदै पनि आँट गरेर मधेशमा झरेको बताएका हुन् । उनले काठमाडौं ४ मा आफ्नो प्रतिस्पर्धी नै भएको दाबी गरे ।

काठमाडौं ४ मा यसअघि तीन पटक चुनाव जितिसकेको र त्यहाँ आफूलाई सजिलो अवस्था रहेको पनि उनले बताए । आफ्नो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने कुराको टुङ्गो नलागेसम्म अरू प्रतिस्पर्धी पार्टीहरूले उम्मेदवार बन्ने मान्छे नै नपाएको उनले बताए । आफू काठमाडौं नलड्ने भनेपछि मात्रै नयाँ होस् वा पुरानो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भएको उनले सुनाए ।

‘मैले काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन। तर म आफैँले चाहिँ जानेर बुझेर नै सर्लाही ४ रोजेको हुँ। मैले अघिल्लो पटक नै मधेश झर्न चाहेको थिए। अहिले आँट गरेको आएको हुँ,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖