• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाले काठमाडौं उपत्यकामा एक सिट पनि नजित्ने एमाले नेताको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका युवा नेता अब्दुस मियाले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकामा एक सिट पनि नजित्ने दाबी गरेका छन्।

उनले रास्वपाको अवस्था भारतमा अरविन्द केजरीवालको आम आदमी पार्टी र प्रशान्त किशोरको जन सुराजजस्तो हुने बताएका छन् ।

उनले सामाजिक संजाल एक्स लेखेका छन्, ‘रास्वपाको हालत यसपटक दिल्लीमा आम आदमी पार्टी र बिहारमा प्रशान्त किशोरको जस्तो हुन्छ।

मेरो आंकलन छ, यसपटक रास्वपाले काठमाडौं उपत्यकामा एक सिट पनि जित्दैन। हामीलाई देश निर्माणको भिजन बोक्ने नेताहरू चाहिएको छ, युवाहरूलाई प्रहरीसँग मुठभेड गराएर ज्यान लिने र आफ्नै सार्वभौमसत्ता सम्पन्न देशमाथि पेट्रोल बम आक्रमण गर्ने गोबरल्वाँठहरू होइन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖