• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जनार्दन र प्रचण्डको क्षेत्रमा प्रलोपालाई एमालेको समर्थन


  • धनकुटा खबर
  • .

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बिच केही क्षेत्रमा तालमेल गर्ने सहमति भएको छ ।

आइतबार एमाले उपाध्यक्ष रामबहादुर थापा ‘वादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी अध्यक्ष दुर्गा सोवबिच तालमेल गर्ने सहमति भएको हो ।

सहमति अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा मतदान गर्नेछ ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीले कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा (एमाले)का उम्मेदवारहरुको पक्षमा सूर्य चिन्हमा मतदान गर्नेछ ।

‘दुवै पार्टीहरूले उपरोक्त सहमति कार्यान्वयन गर्न आ–आफ्नो आन्तरिक पङ्क्तिलाई अविलम्ब निर्देशन गर्ने सहमति भएको छ’, थापा र सोवले गरेको सहमति पत्रमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖