• Saturday 28th of November 2026

ओली प्रधानमन्त्री हुँदा धेरै राम्रा काम भए, बाँकी काम पूरा गर्न एमालेले जित्नुपर्छ : पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताका पक्षमा उभिने शक्ति एकजुट हुनुपर्ने बताएका छन्।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार समेत रहेका उनले आइतबार एमालेको क्षेत्र नं ५ स्तरीय भेलालाई सम्बोधन गर्दै राष्ट्रियताको विपक्षमा उभिनेहरूलाई जनताले चिन्नुपर्ने र एमालेले मुलुकको हितबाहेक अरू कुरामा ध्यान नदिने स्पष्ट पारेका हुन्।

उनले भने, ‘विकास निर्माणका मुद्दा हामीले उठाउँदै आएका छौँ। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा धेरै राम्रा कामका सुरुवात भएका थिए। पूरा नभएका काम सम्पन्न गर्नका लागि एमालेले जित्नुपर्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖