• Thursday 8th of October 2026

एमसीसी प्रशारण लाइनको ठेक्का रद्द


  • धनकुटा खबर
  • .

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गत प्रसारण लाइनको टेन्डर रद्द भएको छ। एमसीए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेण्डर परेपछि रद्द भएको हो।

अब एमसीए नेपालले पुनः ठेक्का खुलाउने छ। एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका ३ वटा समूहमा विभाजन गरेर ठेक्का निकालेको थियो।

प्रसारण लाइन निर्माणको लागि एमसीए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो। तर, न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो।

अब एमसीए नेपालले पुनः ठेक्का खुलाउने छ। एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका ३ वटा समूहमा विभाजन गरेर ठेक्का निकालेको थियो । यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान छ।

तर, ठेक्कामा न्यूनतम प्रस्ताव नै ६१ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो । बढी लागत अनुमानको टेण्डर परेकोले हालको टेन्डर रद्द गरेर एमसीएले अर्को टेण्डर खुलाउने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖