• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गगन थापा र अमरेश कुमार सिंहको रोचक भिडन्त हुने सर्लाही–४ मा कति छन् मतदाता ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा हुने प्रतिस्पर्धा निकै रोचक हुने आकलन गरिएको छ ।

यो निर्वाचन क्षेत्रबाट ०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा अमरेश कुमार सिंह निर्वाचित भएका थिए । नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रको गठबन्धनका बाबजुद यो क्षेत्रमा कांग्रेस पराजित भएको थियो । यद्यपि, आसन्न निर्वाचनमा यसै क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार बनेका छन् ।

सर्लाही–४ मा एमालेबाट अमनिश कुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनिस राय उम्मेदवार छन् । अमरेशकुमार सिंहले यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।

यहाँ जसपा नेपालबाट रामेश्वर राय यादव, जनमत पार्टीबाट राकेश कुमार मिश्र, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रामचरित्र सहनी, उज्यालो नेपाल पार्टीबाट पीताम्बर कुशवाहा लगायत उम्मेदवार छन् ।

जिल्लाको दक्षिणपश्चिम भागमा पर्ने सर्लाही–४मा मधेसी मूलका मतदाताको बाहुल्यता छ । यहाँ कुल एक लाख २१ हजार १२ मतदाता छन् ।

यो निर्वाचन क्षेत्रमा बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४, १५ गरी सात वटा वडा, गोडैटा नगरपालिकाको १ देखि १२ सम्मका वडा, धनकौल गाउँपालिकाका १ देखि ७ नम्बरसम्मका वडा, बलरा नगरपालिकाका १ देखि ११ नम्बर वडासम्म, बसबरीया गाउँपालिकाका १ देखि ३ नम्बरसम्मका वडा, रामनगर गाउँपालिकाका १ देखि ७ नम्बरसम्मका वडा र विष्णु गाउँपालिकाका १ देखि ४ नम्बरसम्मका वडा पर्दछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖