• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

एकाबिहानै ठाकुर बाबा मन्दिरमा बालेनले गरे दर्शन


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहानै बर्दियाको ठाकुर बाबा मन्दिरको दर्शन गरेका छन्।

झापा लगायतका पूर्वी जिल्लाहरुमा चुनाव प्रचारपछि बालेन पश्चिम नेपालको यात्राका क्रममा सोमबार बाँकेको नेपालगञ्ज पुगेका बालेन केही दिन सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा पुग्नेछन् ।

माघ ५ गते जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर बालेन झापा पुगेका थिए । आगामी निर्वाचनमा झापा–५ बाट प्रतिष्पर्धाका लागि बालेनले उम्मेदवारी दिएका छन् ।

उनी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन् । झापामा बालेनकी पत्नी सविना काफ्ले मतदातासँग भेटघाट गरिरहेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖