• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं ६ मा उम्मेदवार नै पार्टी छाडेर नेकपा प्रवेश, अन्य ७ केन्द्रीय सदस्य पनि साथमै गए


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं ६ मा नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का उम्मेदवार नै पार्टी छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन। ।

नेकपा (माओवादीका) केन्द्रीय सदस्य एवं विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका हुन् ।

पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच पार्टीका संयोजक प्रचण्डले ढकालसहित अखिल (समाजवादी) का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायत ८ जना केन्द्रीय सदस्यलाई पार्टी प्रवेश गराएका हुन् ।

ढकाल उनी पछिल्लो समय विप्लव तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का विश्वास पात्र थिए । पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउने, समानुपातिकको बन्दसूचीलगायत अन्य कानूनी काममा ढकालले नै अगुवाइ गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖