• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

घुमन्ते उम्मेदवारलाई विकास देखाइदिनुस्, भोट एमालेलाई दिनुस्:महेश बस्नेत


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले देशभर घुमन्ते उम्मेदवार जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ, केन्द्रीय युवा परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा उनले घुमन्ते उम्मेदवारलाई घुमाएर फर्काउन मतदाताहरूलाई आग्रह गरे ।

‘अहिले घुमन्ते उम्मेदवार देशभर जाने चलन रास्वपाले चलाएको छ । घुमन्तेलाई घुमाइदिनुस्, विकास, समृद्धि देखाइदिनुस्, भोट नेकपा एमालेलाई हालिदिनुस्,’ सचिव बस्नेतले सम्बोधनको क्रममा भने ।

साथै, उनले झापा लगायत देशभरका मतदाताले यसपटक रैथाने उम्मेदवारलाई नै मतदान गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖