• Thursday 8th of October 2026

रघुजी पन्तले दिए भारतीय प्रधानमन्त्री मोदीलाई दसैँको शुभकामना


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले कटाक्ष गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दसैँको शुभकामना दिएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाली जनताको स्वाभिमानको कदर गर्न प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरेका हुन् ।

उनले भने– ‘भारतप्रति रहेको नेपालको मित्र भाव, युगौँ पुरानो सम्बन्ध, नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्ने कार्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी विजयादशमीले प्रेरित गर्न सकोस् भनी उहाँलाई विजया दशमीको शुभकामना ।’

यस्तै इजरायलमा मारिएका नेपालीहरूका परिवारलाई थप क्षतिपूर्ति दिन आग्रह गर्दै स्थिति सामान्य भएपछि कूटनीतिक वार्ता अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

हराइरहेका युवा बन्धकमा परेको आशङ्का रहेकोले संयुक्त राष्ट्रसङ्घका विभिन्न सङ्गठनहरू, अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, यूएनएचसीआर लगायत विभिन्न मानवअधिकारवादी संस्थाहरू, नेपालको कूटनीतिक सम्बन्ध भएको साउदी अरब, भारतस्थित प्यालेष्टाइनी दूतावासमार्फत हराएका व्यक्तिको खोजीका लागि कूटनीतिक सक्रियता बढाउन सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖