• Wednesday 7th of October 2026

चाडपर्वमा हुने कालोबजारी रोक्न मन्त्री आफैं निस्किए अनुगमनमा


  • धनकुटा खबर
  • .

धनगढी। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीका औद्योगिक क्षेत्रको अनुगमन गरेको छ।
चाडवाडमा उपभोक्ता नठगिउन् र कालोबजारी न होस् भन्ने कुरालाई ख्याल गरेर प्रदेश सरकारका मन्त्री रमेशसिंह धामी आफैं अनुगमनमा सहभागी भएका छन्।

‘चाडवाडमा व्यवसायीले उपभोक्तालाई ठग्ने, कालोबजारी गर्ने म्याद नाघेका सामग्री वेचविखन हुने गरेको गुनासो आउने गरेको छ,’ उद्योगको अनुगमन गर्नेक्रममा मन्त्री धामीले भने, ‘त्यसतो बदमासि नहोस् भनेर उद्योगको अनुगमन गरिएको हो।’

दैनिक उपभोग्य सामग्री विक्रेता भन्दा पनि उपभोग्य सामग्री उत्पादन हुने ठाउँमै अनुगमन गर्दा उपभोक्ताले गुणस्तरिय सामग्री प्रयोग गर्न पाउँछन् भन्ने सोचका साथ उद्योगको अनुगमन गरिएको मन्त्री धामीले बताए। टोलीले धनगढीस्थित राजश्री फुड इन्ड्रस्ट्रिज, सुदूरफूड इन्ड्रस्ट्रिज, गोदावरी फ्लोर मिल र ठाकुर एग्रो इन्ड्रस्ट्रिजमा अनुगमन गरेको हो। सो क्रममा सुदूरफूड इन्ड्रस्ट्रिजमा सामान्य सरसफाई गर्नुपर्ने सुझाव दिइएको थियो।

तर ठाकुर इन्ड्रस्ट्रिजमा भने अखाद्य वस्तु भएको हुन सक्ने अनुमान गरिएको छ। अनुगमनका क्रममा अन्य उद्योगबाट उत्पादन गरेर ल्याइएका चामलको बोरा भेटिएका थिए। ती बोरामा उत्पादन मिति र म्याद समाप्त हुने मिति पनि उल्लेख गरिएको थिएन। केही चामको बोरामा भने कुनै कम्पनीको श्रोतसमेत उपलब्ध गरिएको थिएन।

उद्योगले भने कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने अनुमति लगेरमात्रै बाहिरबाट चामल ल्याइएको जनाएको छ। कम्पनीका प्रतिनिधि शुभठाकुरले बाहिरबाट कच्च पदार्थका रूपमा चामल ल्याउने अनुमति लागेको बताए पनि त्यसको प्रमाण भने बुझाउन सकेनन्।

उद्योगमा धेरैनै समस्या देखिएको भन्दै प्रदेश सामाजिक विकास मन्त्रालयले भने बाहिरबाट चामल ल्याएर प्रशोधन गर्न पाउनेगरी लगेको अनुमति पत्र पेश गर्न एक दिनको समय दिएको छ।

सादा बोरामा मसिनो चामलमात्रै रहेको पाइएपछि मन्त्रालयले उद्योगलाई शुक्रबारसम्म त्यसो गर्नाको कारण पेस गर्न समय दिएको मन्त्री धामीले बताए। एक दिनभित्र कागजात पेस गर्ने समयावधि दिएका छौुं, मन्त्री धामीले भने, ‘शुक्रबार सम्म चित्तबुझ्दो कागजात नआएमा नियम अनुसार कारबाहीको प्रक्रिया अघि बढाइने छ।’ मन्त्री धामीले उपभोक्तालाई ठग्न खोज्ने जो कोहीलाई पनि कानुन अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।

‘प्रदेश सरकार जनताको पक्षमा, सुशासनको पक्षमा काम गर्न कटिबद्ध भएर लागेको छ,’ मन्त्री धामीले भने, ‘उद्योगीलाई सहुलिएत दिने र सहज रूपमा काम गर्ने वातावरण निर्माण गर्न सहजिकरण गर्ने काम पनि प्रदेश सरकारले गर्ने छ, तर गठि गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई छैन, त्यसो गर्ने कसैलाई पनि उन्मुक्रि दिइने छैन, कडा कारबाही गरिने छ।’

अनुगमनका क्रममा उद्योगिका समस्या पनि सुनेको मन्त्री धामीले बताए। ‘उद्योगिले सीमा नाकामा क्यारेन्टिन नहुँदा बढी समस्या हुने गरेको, दोहोरो करको मारमा परेको जस्ता समस्या व्यक्त गरेका छन्,’ मन्त्री धामीले भने, ‘ती समस्या समाधानका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने छ।’ सीमा नाकामा क्वारेन्टिन स्थापना गर्न आफुले संघिय सरकरारसंग पहल गरिरहेको मन्त्री धामीले बताए।

मन्त्री धामीको नेतृत्वमा गएको उनुगमन टोलीमा प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक खेम चौधरी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्हरी निरिक्षक सन्तोष बस्याल, खाद्य प्रबिधि तथा गुण निण्न्त्रण कार्यालय धनगढीका अनुगमन अधिकृत दिपक कुँवर, धनगढी उप महानगर पालिकाका प्रसितनिधि, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖