काठमाडौं । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीको कार्यकक्षमा तोडफोड भएको छ ।
अखिल क्रान्तिकारीले शिक्षाध्यक्ष केसीको कार्यकक्षमा सोमबार तोडफोड गरेको हो । ‘शुल्कको विषयमा तोडफोड गरेका हुन्,’ त्रिविका एक कर्मचारीले भने, ‘शिक्षाध्यक्ष सर कार्यक्रममा भैरहवा हुनुहुन्थ्यो । उहाँ नभएको समयमा तोडफोड भएको हो ।’
अखिल क्रान्तिकारीले त्रिविको चार वटा विभागको शुल्क घटाउनु पर्ने माग राख्दै आएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागको शुल्क समायोजना हुनुपर्ने माग क्रान्तिकारीले राखेको हो ।
