• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश सदर


  • धनकुटा खबर
  • .

काठमाडौं। सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेषको आदेशलाई सदर गरेको हो।

अधिकारीलाई विशेष अदालतले गत मंसिर २१ गते गते नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

अख्तियारले अधिकारीसँग उक्त भ्रष्टाचार काण्डमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो दाबी माग गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖