• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अनेरास्ववियू क्रान्तिकारीद्वारा तीन सदस्यलाई कारबाही


  • धनकुटा खबर
  • .

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले सङ्गठनका तीन सदस्यलाई कारबाही गरेको छ ।

आसन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टी सङ्गठन निर्णय र निर्देशन विपरीत अन्य उम्मेदवारको प्रचार प्रसारमा लागेको भन्दै सङ्गठनको कुनै पनि जिम्मेवारीमा नरहने गरी तीन जनालाई निष्कासन गरिएको हो ।

कारबाहीमा पर्नेहरूमा विकाश खड्का (रुकुम पूर्व), जय कुमार श्रेष्ठ (रुकुम पूर्व) र भागवत कुमार शाह (महोत्तरी) रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖