• Monday 5th of October 2026

टी–२० विश्वकप क्रिकेटमा भारतको बिजयी सुरुवात


  • धनकुटा खबर
  • .

आइसीसी टी–२० विश्वकप क्रिकेटमा साविक विजेता भारत ले विजयी सुरुआत गरेको छ। मुम्बईस्थित वानखेडे स्टेडियम मा भएको खेलमा भारतले अमेरिका लाई २९ रनले पराजित गर्दै प्रतियोगिताको पहिलो खेलमै बलियो सन्देश दिएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनायो। भारतका कप्तान सूर्यकुमार यादव ले उत्कृष्ट प्रदर्शन गर्दै ४९ बलमा अविजित ८४ रन बनाए। उनको इनिङ्समा आक्रामकता र संयमता दुवै देखियो। अमेरिकाका बलरमध्ये शाड्ली भ्यान शाल्कविक ले सर्वाधिक ४ विकेट लिएर भारतलाई ठूलो स्कोरतर्फ जानबाट केही हदसम्म रोके।

१६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि कृष्ण सन्जयमुर्ती र शुभम रन्जने ले समान ३७–३७ रन बनाउँदै संघर्ष गरे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।

भारतीय बलिङ आक्रमण निकै प्रभावशाली देखियो। मोहम्मद सिराज ले ३ विकेट लिँदै अमेरिकी ब्याटिङ लाइनलाई दबाबमा राखे भने आशिर्वाद सिंह र अक्षर पटेल ले समान २–२ विकेट लिए। वरुण चक्रवर्ती ले पनि १ विकेट लिएर बलिङमा योगदान दिए।

यसैदिन भएको अन्य खेलहरूमा पाकिस्तान र वेष्ट इन्डिज ले पनि आ–आफ्ना खेलमा जित हात पारेका छन्। सोही वानखेडे स्टेडियममा आज नेपाल ले इंग्ल्याण्ड सँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ, जसलाई नेपाली समर्थकहरूले विशेष चासोका साथ हेरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖