काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
शुक्रवार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरेर अदालत उपस्थित गराएको थियो । अदालतले उनलाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई ‘हाजिर जमानी’मा रिहा गरिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले रातोपाटीलाई बताए । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले दुई दिन हिरासतमा बसेर छुटेका हुन् ।
निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएको थियो । प्रसाईंले विद्युत्तिय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप छ ।
