• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

२५ फागुनसम्म थपियो जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद, अब चुनावपछि मात्रै प्रतिवेदन


  • धनकुटा खबर
  • .

काठमान्डौ । जेन–जी आन्दोलनका क्रममा २३ र २४ भदौमा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद सरकारले तेस्रोपटक थप गरेको छ । यससँगै आयोगको अवधि आगामी २५ फागुनसम्म लम्बिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २५ दिनका लागि थप गर्ने निर्णय गरेको हो । अब आयोगको प्रतिवेदन निर्वाचनपछि मात्र सार्वजनिक हुनेछ ।

पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकको बयान लिन बाँकी रहेपछि सरकारले आयोगको म्याद पहिलोपटक एक महिना थप गरेको थियो ।

त्यसअनुसार आयोगले ९ माघसम्म प्रतिवेदन बुझाउनुपर्ने थियो । तर, सो अवधिमा पनि प्रतिवेदन तयार हुन नसकेपछि दोस्रोपटक २० दिन म्याद थप गरिएको थियो, जसको अवधि २९ माघमा सकिँदै छ । तर, त्यस अवधिभित्र पनि प्रतिवेदन पेस गर्न नसकिने देखिएपछि सरकारले तेस्रोपटक २५ दिन म्याद थप गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖