काठमाडौ । नेपाली सेनाले सैनिक दिवसको कार्यक्रममा सहभागी हुन आएको अमेरिकी सैनिक ब्यान्डको नियमित प्रस्तुतिलाई लिएर आएको प्रश्नको जवाफ दिएको छ ।
जंगी अड्डाले यो नियमित तथा पारस्परिक सम्बन्ध बुझाउने अभ्यासमात्रै भएको भनी भ्रममा नपर्न आग्रह गरेको छ ।
‘नेपालमा सेना दिवसका बेला नियमित रूपमा आयोजना गरिने समारोहमा अरु देशका सेनाको ब्यान्ड टिमले मैत्री सहभागिता जनाउने गरेको छ, हामी पनि अरु देशमा सैनिक टुकडी लिएर जाने गर्छौँ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले अनलाइनखबरको जिज्ञासामा जवाफ दिए, ‘अस्ति भर्खरै भारतको सेना दिवसमा नेपाली ब्यान्ड पनि यसैगरी गएको थियो । त्यसको उद्घोष नेपाली भाषामै भएको थियो ।
आर्मी टु आर्मी अपरेसनअन्तर्गत विभिन्न कार्यक्रममा भाग लिने, संयुक्त अभ्यास गर्नेलगायतका काम नियमित प्रक्रिया मानिँदै आएको छ ।’
