• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा परित्याग गरेकी मधेशकी संस्थापक सभापति शर्मा कांग्रेस प्रवेशको तयारीमा


  • धनकुटा खबर
  • .

काठमाडौ । रास्वपा परित्याग गरेकी मधेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेशको तयारीमा छिन् ।

उनी निकट स्रोतका अनुसार आज जनकपुरधाममा कांग्रेस सभापति गगन थापासमेतको उपस्थितिमा आयोजना हुने प्रतीज्ञा सभामार्फत उनी औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।

मधेशमा टिकट वितरणमा आर्थिक चलखेल र विधि मिचिएको गुनासो गर्दै ममताले आज साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरेकी थिइन् ।

पार्टी प्रवक्ता मनिष झा र अमरेश सिंहको मिलेमतोमा सभापति रवि लामिछानेले आर्थिक प्रभावमा परेर टिकट बाँडेको भन्दै मधेशका रास्वपा नेता-कार्यकर्तामा असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖