• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं आएको टर्किस जहाज अवतरणमा समस्या आएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं आएको टर्किस जहाज अवतरणमा समस्या देखिएको छ । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार टर्किसको उडान नम्बर टीके ७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएको हो । समस्या देखिएपछि ‘ओभरसुट’ गरी बंगलादेशको ढाका गएको छ ।

उक्त जहाज बुधबार बिहान १०:५६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।

‘जहाजमा प्राविधिक समस्या देखियो । अवतरण गर्न नै समस्या आयो । बंगलादेशको ढाका डाइभर्ट गरिएको छ’, उनले भने ।

अन्य उडानमा भने कुनै समस्या नरहेको पौड्यालले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖