• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्डले गरे रुकुम पूर्वलाई आगामी पाँच वर्षभित्र देशकै उत्कृष्ट विकासको नमुना जिल्ला बनाउने उद्घोष


  • धनकुटा खबर
  • .

काठमाडौ । पुष्पकमल दाहालले रुकुम पूर्वलाई आगामी पाँच वर्षभित्र देशकै उत्कृष्ट विकासको नमुना जिल्ला बनाउने उद्घोष गरेका छन्।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ ढकालबारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई विजयी गराए क्षेत्रको समग्र विकासका लागि स्पष्ट खाका अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “मलाई यहाँको प्रतिनिधिका रूपमा काम गर्ने मौका दिनुहोस्, पाँच वर्षभित्र रुकुम पूर्वलाई यस्तो बनाउनेछु कि देशभरिका मानिस यहाँको नमुना हेर्न आउनेछन्।”

प्रचण्डले भौतिक पूर्वाधार विस्तार, स्थानीय अर्थतन्त्र सुदृढीकरण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताए। शहीद मार्गलाई चीन सीमासम्म पक्की सडकमार्फत जोड्ने योजना र बहुमूल्य जडीबुटीको प्रशोधन तथा व्यवसायीकरण गरी गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्य उनले अघि सारे।

रुकुमलाई क्रान्तिको आधारभूमि भन्दै उनले स्थानीय जनताको त्यागको सम्मानस्वरूप विकासमार्फत ऋण तिर्ने बताए। शिक्षा, स्वास्थ्य, पर्यटनको आधुनिकीकरण तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग आफ्नो मुख्य एजेन्डा रहेको उनले स्पष्ट पारे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖