• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

संकटमा एमाले महासचिव शंकर पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल अप्ठ्यारोमा परेका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले दाङ-२ मा आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने सहमति गरेको भए पनि प्रलोपाका उम्मेदवार भने नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् ।

केही हप्ताअघि प्रलोपा र एमालेबीच सहमति भएको थियो । सहमतिमा दाङ २ मा प्रलोपाले एमालेलाई सघाउने र रूकुम पश्चिममा एमालेले प्रलोपा उम्मेदवार जनार्दन शर्मालाई सघाउने भनिएको थियो ।

तर प्रलोपाको तर्फबाट दाङ-२ मा उम्मेदवार रहेका प्रतिक अधिकारी भने यो सहमतिबाट असन्तुष्ट थिए । अब अधिकारी नेकपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖