काठमाडौ । पुष्पकमल दाहाललाई रुकुमपूर्वमा सहिद परिवारले निर्वाचनका लागि आर्थिक सहयोग प्रदान गरेका छन्।
सिस्ने–८ धपेमा आयोजित जनभेटघाट कार्यक्रममा सहिद हरिचन्द्र पुनका बुवा पदमबहादुर पुनले सहिद परिवारहरूको तर्फबाट संयुक्त रूपमा १ लाख ५०५ रुपैयाँ हस्तान्तरण गरे। उक्त वडाबाट जनयुद्धका क्रममा २० जना सहिद भएका थिए।
प्रतिनिधिसभा उम्मेदवार समेत रहेका प्रचण्डले प्राप्त रकम निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई बुझाएका छन्।
उनले सहिद परिवारको सहयोगलाई सांकेतिक तर अर्थपूर्ण भन्दै परिवर्तन सहिदहरूको बलिदानबाट सम्भव भएको उल्लेख गरे।
