काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नागरिकता रद्द गर्न गृह मन्त्रालयमा उजुरी परेको छ।
शुक्रबार काठमाडौँ–३१ का युवराज सफाल ले गृह मन्त्रालयमा उजुरी दिएका छन्। उजुरीमा उल्लेख छ कि शाहले आफूखुसी थर परिवर्तन गरेको कारण नागरिकता रद्द गर्नुपर्ने आवश्यकता रहेको दाबी गरिएको छ।
उजुरी अनुसार, बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट प्राप्त नागरिकतामा ‘साह’ थर प्रयोग गरेका थिए। तर काठमाडौँको मेयर नियुक्त भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको दाबी उजुरीमा गरिएको छ।
सफलले झुटो विवरण पेश गरी थर परिवर्तन गरिएको आरोप लगाउँदै नागरिकता रद्द गर्न माग गरेका छन्।-जनता टाइम्सबाट
