• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंमा बालेनको पुत्ला दहन


  • धनकुटा खबर
  • .

काठमाडौं । अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाइएको विरोधमा काठमाडौंमा मसाल जुलुस निकाल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति बालेन शाहको पुत्ला दहन गरेको छ।

अनेरास्ववियुले आरआर क्याम्पस परिसरबाट जुलुस सुरु गरेको थियो। उक्त घटना लोकतान्त्रिक अभ्यास, राजनीतिक सहिष्णुता तथा सामाजिक सद्भावमाथि असर पार्ने गतिविधिका रूपमा रहेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो।

एमालेले आफ्नो झण्डा जलाउने कार्यमा रास्वापाका नेता-कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ। तर, रास्वापाले उक्त आरोप अस्वीकार गर्दै घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ।

अनेरास्ववियुले घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖