रौतहट । गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालय रौतहटले हिजोदेखि लगाएको कर्फ्यु आदेश आज पनि जारी राखेको छ।
प्रशासनले जारी सूचनाअनुसार आज बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म कर्फ्यु केही खुकुलो बनाइए पनि पुनः पूर्ववत कर्फ्यु कायमै रहेको जनाएको छ ।
घटनापछि भारत–नेपाल सीमामा समेत कडाइ गरिएको छ। सीमा क्षेत्रमा बेरियर लगाइ गाडी आवागमन पूर्णरूपमा रोकिएको छ। नेपाली क्षेत्रबाट भारत प्रवेश गर्दा आधार कार्ड र भारतबाट नेपाल प्रवेश गर्दा नेपाली नागरिकता देखाउनुपर्ने प्रावधान लागू गरिएको छ।
सदरमुकाम गौरमा पुनः त्यस्तो घटना दोहोरिन नदिन ठाउँ ठाउँमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ।
