• Sunday 29th of November 2026

अदालतका सम्पूर्ण काम कारवाही स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं । गौरमा हिंसात्मक झडप र कर्फ्यु आदेशपछि रौतहट जिल्ला अदालतले आइतबार हुने सम्पूर्ण कामकारबाही स्थगित गरेको छ । अदालतले एक सूचना हारी गर्दै यसबारे जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहट गौरले अर्को आदेश नभएसम्म गौर नगरपालिका क्षेत्रमा कुनै व्यक्ति आवतजावत गर्न, भेला सभा जुलुस तथा प्रदशर्न गर्न नपाउने गरी जारी भएको अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएकाले अदालतको कामकारबाही पनि प्रभावित भएको जनाएको छ ।

अदालतले सूचना जारी गरेर अदालतबाट प्रदान गरिने आजको सम्पूर्ण सेवा स्थगित रहने र तारिख तथा म्यादसमेत नगुज्रिने जानकारी दिएको छ ।

फागुन ७ गतेदेखि भड्किएको हिंसाका कारण रौतहटको सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यु जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖