• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पूर्वराजाबाट नभई रास्वपाबाट लोकतन्त्र खतरामा छ


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (एमाले)का केन्द्रिय सदस्य समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई अराजकताको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट लोकतन्त्र खतरामा रहेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बडालले यस्तो टिप्पणी गरेका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिकै आधारमा लोकतान्त्रिक व्यवस्था खतरामा रहेको भाष्य निर्माण गरिनु नहुने जिकिर गरे ।

उनले डिस्कोर्डबाट गठित सरकारले जेनजी आयोगको अनुसन्धान प्रतिवेदन समयमै सार्वजनिक नगरेर एमालेलाई आरोपित गर्ने प्रयास गरिरहेकोप्रति आपत्ति जनाए ।

उनले निर्वाचनबाट आफ्नो पार्टीले बहुमत ल्याउने दाबी पनि गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖