• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रतिनिधि सभा उम्मेदवारले नै पार्टी छाडेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीबाट रौतहट–२ मा उम्मेदवार बनेका २८ वर्षीय सोनु कुशवाहाले आइतबार पार्टीबाट राजीनामा दिएका छन् ।

पार्टीमा व्यक्तिवाद तथा परिवारवाद हाबी भएको कारण आफूले राजीनामा दिएको सोनुले बताए ।

परिवर्तनको लागि जनमत पार्टीबाट उम्मेदवारी दिएको तर युवामाथि दमन हुँदा पनि पार्टीले केही नबोलेको गुनासो गर्दै उनले पार्टीभित्रै जनताको आवाज सुन्ने वातावरण नहुँदा पार्टीमै बस्नुको कुनै अर्थ नरहने भन्दै उनले पार्टी छाडेका हुन् ।

पार्टीबाट उम्मेदवार बन्न लगाइए पनि कुनै समन्वय नरहेको तथा पार्टी नेतृत्व आफ्नै क्षेत्र तथा दाइको क्षेत्रमा व्यस्त रहेको उनले आरोप लगाए । उनीसँगै सो क्षेत्रका अन्य नेताहरूले पनि पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् ।

पार्टीभित्र आन्तरिक असन्तुष्टि, नेतृत्वको एकलौटी निर्णय, स्थानीय जनभावनाको उपेक्षा तथा विकासका मुद्दामा स्पष्ट रोडम्याप नदेखिएको भन्दै राजीनामा दिएका हुन् ।

प्रतिनिधि सभाका सदस्यको उम्मेदवार रहेका सोनुले निर्वाचनमा कसलाई समर्थन गर्ने भन्नेबारे अझै बताइसकेका छैनन् ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रौतहट–२ बाट २६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖