दाङ क्षेत्र नं.३ बाट आम जनता पार्टीका उम्मेद्वार पाण्डवी नेपाली नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन् ।
सोमबार नेकपा तुलसीपुर ९ को आयोजनामा भएको चुनाबी सभामा उम्मेदवार नेपालीसहित २३ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । नव प्रवेशीलाई नेकपा दाङ–३ का उम्मेद्वार तथा नेकपाका केन्द्रीय सदस्य धनबहादुर मास्कीले स्वागत गरेका थिए ।
त्यस अवसरमा मास्कीले मुलुकमा संघीयता, समावेशी, धर्मनिरीपेक्षतासहितको संविधान निर्माण गर्न पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सबै बर्गको सहयोग आबश्यक रहने बताए ।
त्यस अवसरमा नवप्रवेशी उम्मेदवार नेपालीले आफूले नेकपाको विचार मन परेकाले पार्टी प्रवेश गरेको बताएकी छन् ।
