• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाका जिल्ला सुरक्षा कमाण्डर पुष्प भण्डारीले पार्टी परित्याग गर्दै एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का जिल्ला सुरक्षा कमाण्डर पुष्प भण्डारीले पार्टी परित्याग गर्दै नेकपा (एमाले) का भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन्।

भण्डारीले आज आयोजित एक कार्यक्रममा रास्वपाको संगठनात्मक दिशाप्रति असन्तुष्टि जनाउँदै आफूले पार्टी छोड्ने निर्णय गरेको बताएका हुन्। उनले वर्तमान राजनीतिक परिस्थितिमा स्थायित्व र विकासका एजेन्डालाई अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको भन्दै एमाले उम्मेदवार बस्नेतलाई जिताउन सक्रिय रूपमा लाग्ने स्पष्ट पारे।

“मैले लामो समय संगठनभित्र बसेर काम गरेँ, तर पछिल्लो समय पार्टीको दिशा र कार्यशैलीप्रति गम्भीर असहमति बढ्दै गयो,” भण्डारीले भने, “भक्तपुर–२ को विकास र स्थायित्वका लागि महेश बस्नेत उपयुक्त उम्मेदवार भएको निष्कर्षमा पुगेको छु।”

उता, एमाले उम्मेदवार महेश बस्नेतले भण्डारीको समर्थनलाई सकारात्मक रूपमा लिँदै यसले चुनावी अभियानलाई थप ऊर्जा मिलेको बताए। उनले सबै पक्षलाई समेटेर विकास र सुशासनको एजेन्डा अघि बढाउने प्रतिबद्धता दोहोर्याए।

पुष्प भण्डारीको पार्टी परित्याग र समर्थन घोषणापछि भक्तपुर–२ को चुनावी माहोल थप तातिने देखिएको छ। राजनीतिक वृत्तमा यस घटनालाई रास्वपाका लागि संगठनात्मक झड्का र एमालेका लागि मनोवैज्ञानिक बलका रूपमा हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖