• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई छाड्न सर्वोच्चको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं। सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धमेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ।

बास्तोलाको परिवारले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको थियो। सो रिटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज रिहा गर्न आदेश दिएको हो।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन विथोल्ने गतिविधिमा सामेल भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

यही आरोपमा यसअघि नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका थिए। उनी पनि हिजो रिहा भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖