• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं आइपुगे अमेरिकाबाट डिपोर्ट भएका ९५ जना नेपाली


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन १६ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ९५ जना नेपाली नागरिक शनिबार बिहान चार्टर विमानमार्फत काठमाडौं आइपुगेका छन्। अमेरिकाबाट चार्टर्ड गरेर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ८ बजे अवतरण गरेर फर्किएको छ ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार अमेरिकाले एकैदिन यति ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई डिपोर्ट गरी नेपाल पठाएको यो पहिलो घटना हो। यसअघि पनि विभिन्न मितिमा ठूलो सङ्ख्यामा नेपाली डिपोर्ट भए तापनि, एकै उडानमा ९५ जनाको आगमनले आप्रवासन व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ।

अमेरिकी अधिकारीहरूले कानुनी हैसियत नबनाई बसोबास गरेको, अवैध मार्गबाट अमेरिका प्रवेश गरेको तथा भिसा सर्त उल्लङ्घन गरेको आरोपमा नेपाली नागरिकलाई डिपोर्ट गरिएको जनाउँदै आएका छन्। डिपोर्ट हुनुअघि अमेरिकी दूतावासले नेपालस्थित अध्यागमन विभागलाई पूर्वसूचना दिने प्रक्रिया अपनाएको बताइएको छ।

काठमाडौँ आइपुगेपछि डिपोर्ट भएका नागरिकलाई अध्यागमन प्रक्रिया पूरा गरी नेपाल प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले उनीहरूसँग प्रारम्भिक सोधपुछ गर्दै अवैध रूपमा अमेरिका पुर्‍याउने व्यक्ति तथा मानव तस्करी सञ्जालबारे जानकारी संकलन गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖