• Monday 5th of October 2026

टी–२० विश्वकपः भारतलाई सेमिफाइनल पुग्न १९६ रनको विशाल लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं। टी–२० विश्वकप अन्तर्ग सुपर आठको अन्तिम खेलमा आयोजक भारत र वेस्ट इन्डिजले प्रतिस्पर्धा गरिरहेका छन्।

कोलकातास्थित इडेन गार्डेन्समा जारी खेलमा वेस्ट इन्डिजले घरेलु टोलिविरुद्ध १९६ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको इन्डिजले २० ओभरमा ४ विकेटको क्षतिमा १९५ रन जोड्यो। उसका लागि रोस्टन चेजले ४० रन बनाउँदा जेसन होल्डर ३७ तथा रोभमन पोवेल ३४ रनमा अविजित रहे। यस्तै, कप्तान शाई होपले ३२, शिमरोन हेटमायरले २७ रन जोडे।

बलिङतर्फ भारतका जसप्रित बुमराहले दुई तथा हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले एक–एक विकेट लिए।

यो खेलको विजेताले सेमिफाइनलमा प्रवेश गर्ने भएकाले यो खेल दुबै टोलिलाई निकै महत्वपूर्ण छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖