काठमाडौ । रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्।
प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ दोस्रो स्थानमा छ।
त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखनकुमार थापाले १७६ मत ल्याएका छन् ।
