विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।
पछिल्लो मतगणना विवरण अनुसार रास्वपा उम्मेदवार गणेश कार्कीले १ हजार ९३ मत ल्याउँदा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले ९६३ मत प्राप्त गरेका छन् ।
यसअघि अग्रता लिएको श्रम संस्कृति पार्टीका अमिर मगर भने ८९२ मत पाउँदै तेस्रो स्थानमा झरेका छन् । यस्तै एमालेका इरन राईले २८६ मत पाएका छन् । अहिलेसम्मको नतिजा अनुसार रास्वपाका कार्की र कांग्रेसका शर्माबिच कडा प्रतिस्पर्धा देखिएको छ। कार्कीले शर्मालाई १३० मतको अन्तरले पछि पारेका छन् ।
यस्तै, श्रम संस्कृति पार्टीका मगर पनि प्रतिस्पर्धामा बलियो देखिएका छन् ।
