चितवन । चितवन-३ मा रास्वपाकी उम्मेदवार सोबिता गौतमले १७ हजार ८५१ मत प्राप्त गरेकी छन्।
त्यहाँ नेकपाकी उम्मेदवार रेणु दाहालले ८ हजार ३७ मत प्राप्त गरेकी छन्।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार टेक प्रसाद गुरुङले जम्मा २ हजार १३९, एमालेका उम्मेदवार शंकर राज थपलियाले २ हजार ७, राप्रपाका दिपक थापाले ४४२ मत ल्याएका छन्।
